Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

जसपा पार्टीकी सांसद सहनाज रहमानको निधन

फागुन,१३ काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको छ।
६७ वर्षीया रहमानको आज मध्यपुर ठिमी अस्पतालमा निधन भएको जसपा सांसद प्रदीप यादवले बताए ।

भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात भएको यादवले बताए। त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले उनलाई मृत घोषणा गरेको यादवले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com