Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

हिरासतबाट ६ जना थुनुवा फरार

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर गए राति उनीहरु भागेको प्रहरीले बताएको छ ।
गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए।

उनकाअनुसार भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा थिए।

‘सुतिरहेको ठाउँबाट उनीहरु भागिरहेको अर्को थुनुवाले थाहा पाएछन्। उसैले हल्ला गरेपछि प्रहरीले थाहा पायो,’ डिएसपी क्षेत्रीले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com