Yeti Khabar

२०८० जेष्ठ २०, शनिबार - Sat Jun, 2023 -

लुम्बिनी प्रदेशको राजधानी दाङ सर्यो

मंसिर,२० काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीको कार्यालय सारिएको छ। गएराती अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय सारिएको हो। बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरु राती तीन वटा ट्रकमा सारिएको बताएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री कार्यालय सारेपछि अब मुख्यमन्त्रीको कामकाज स्थायी राजधानीबाटै गर्नेछन्।

मुख्यमन्त्री कार्यालय स्थानान्तरणका लागि देउखुरीमा रहेको भवन मर्मत गरिएको थियो। स्थायी राजधानी कार्यान्वयनका लागि मुख्यमन्त्री केसीले केहि दिन देखि देउखुरीमै बसेर तयारी गरिरहेका थिए। नव निर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ पनि स्थायी राजधानीमै गर्नेगरि तयारी प्रदेश सरकारले गरेको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com