Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

प्रहरीले बलात्कारको जाहेरी दर्ता गर्न मानेन

साउन, ८ काठमाडौं । बलात्कार विरुद्धको जाहेरी प्रहरी वृत गौशालाले दर्ता गर्न अस्वीकार गरेको छ । २०७९ वैशाख २२ मा बलात्कार भएको सूचना पाएपछि वृत गौशालाबाट खटिएको प्रहरीले चावहिलबाट ७५ वर्षका आरोपी वासुदेव अर्याललाई पक्राउ गरेर लगेको थियो ।

आरोपी र पीडितको बीचमा जग्गा लेनदेनको विवाद देखिएपछि मिलापत्र प्रयास गरेर वृतको महिला सेलका अधिकारीले ‘विवाद मिलाउनु’ भनेर छाडेका थिए ।

६४ वर्षीया पीडित महिला र उनका आफन्तले पटक–पटक जाहेरी दर्ता गर्ने प्रयास गरेपनि प्रहरी वृत गौशालाको मुद्दा शाखाका अधिकारीहरुले ‘दर्ता गर्न मिल्दैन’ भनेर उनीहरुलाई फिर्ता गर्ने गरेका छन् । आरोपीले चन्द्रनिगाहापुरमा रहेको १४ धुर जग्गा दिनुपर्ने देखिएपनि उनले आनाकानी गरेको र चावहिलस्थित एउटा लजमा बोलाएर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com