Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौ पटक पक्राउ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु. चार लाख ८८ हजार चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका-१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखानका ४२ वर्षीय राजु तामाङलाई बिहीबार साँझ पक्राउ गरेको हो।

पक्राउ तामाङ यसअघि पनि पटकपटक चोरी गर्ने कार्यमा संलग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए।

तामाङ यसअघि २०६९ सालमा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा रु. २५ लाख धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट रु.१८ लाख धरौटीमा छुटेको र गत साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट रु. तीन लाख धरौटीमा छुटेका व्यक्ति हुन्।

प्रहरीले पक्राउ तामाङसँग एक हजार दरको नोट चार सय नौ थान, पाँच सय दरको नोट ८० थान, एक सय दरको नोट एक सय ७५ थान, ५० दरको नोट एक सय ७५ थान, २० दरको नोट तीन सय ५० थान, १० दरको नोट चास सय ४० थान र पाँच दरको नोट एक सय ८० थान बरामद गरेको छ।

पक्राउ तामाङलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com