Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

७२ वर्षीया साबित्री एशियाकै सबैभन्दा धनी महिला

भारतकी ७२ वर्षीया साबित्री जिन्दाल एशियाकै सबैभन्दा धनी महिला बनेकी छन्।
हरियाणाकी पूर्व मन्त्री र ओम प्रकाश (ओपी) जिन्डाल ग्रुपकी मानार्थ अध्यक्षसमेत रहेकी सावित्री एशियाकै सबैभन्दा धनी महिला बनेकी हुन्। उनले चीनकी अर्बपति याङ हुइयानलाई पछि पार्दै यसपालि पहिलो स्थान लिएकी हुन्।

ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार उनीसँग ११ अर्ब ३० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ।
उनका नौ जना छोराछोरीहरू छन्। स्वर्गीय श्रीमान ओमप्रकाशले नयाँ दिल्लीमा स्थापना गरेको जिन्दाल ग्रुप उनले सञ्चालन गर्दै आएकी छन्।

उनको कम्पनीले खानी उत्खनन, ऊर्जा उत्पादन, औद्योगिक ग्यास उत्पादन र बन्दरगाह सञ्चालन गर्दै आएको छ।
साबित्री भारतको धनी व्यक्तिहरूको सूचीमा भने १० औं नम्बरमा छिन्।

जिन्दाल असमको तिन्सुकियामा जन्मिएकी हुन्। सन् १९७० मा उनले ओमप्रकाशसँग विवाह गरेकी थिइन्। जसले सन् १९५२ मै जिन्दाल ग्रुप स्थापना गरेका थिए।

ओमप्रकाशको मृत्यु भएपछि साबित्री यो ग्रुपकी अध्यक्ष बनिन्। सन् २००५ मा हेलिकप्टर दुर्घटनामा परेर ओमप्रकाशको मृत्यु भएको थियो।
साबित्री जिन्दाल भारतीय राष्ट्रिय कंग्रेस पार्टीकी सदस्य पनि छिन्। उनी हरियाणा सरकारको मन्त्री र विधानसभा सदस्य समेत भइसकेकी छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com