Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

१०७ वर्षीय वृद्धले गरे मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गरेका छन्।
मालिका गाउँपालिका–२ रूमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए।

म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएको छ। म्याग्दीमा ८६ हजार मतदाता छन्। यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com