पत्रकार सरोजराज अधिकारी मृत फेला
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/11/sarojraj-adhikari1668005024-1024x539.jpg)
पत्रकार सरोजराज अधिकारी मृत भेटिएका छन् । काठमाडौंको सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान शुरु गरेका छन् ।
होटलको एक कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले जानकारी दिए ।