Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

दैलेखमा मोटरसाइकल चोरेको आरोपमा चारजना पक्राउ

असोज,६ काठमाडौं । दैलेखको गुराँस गाउँपालिका–१ स्थित पातलखोला बाट मोटरसाइकल चोरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । स्थानीय भुपेन्द्र बहादुर रामजाली र सेते बिकको घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरेको आरोपमा आज ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।

पक्राउ पर्नेहरूमा चामुन्डा बिन्द्रासैनी नगरपालिका–८ बस्ने २० वर्षीय बिनोद शाही, २० वर्षीय रितिक शाही, २५ वर्षीय दिनेश शाही र सोही नगरपालिका–४ बस्ने १६ वर्षीय किशोर छन् । आरोपीहरुले भुपेन्द्रको घरमा राखेको लु.८० प २०१८ नम्बरको मोटरसाइकल र सेतेको घरबाट क.प्र.०२–००१ प २०९ नम्बरको मोटरसाइकलको ह्यान्डिल लक तोडेर चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com