Yeti Khabar

२०८० आश्विन १२, शुक्रबार - Fri Sep, 2023 -

समाजवादी मोर्चाको बैठक जारी

भदौ,४ काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेपछि बैठक सुरू भएको हो। यसअघि बैठक आइतबारका लागि तय भएको थियो । तर मोर्चाको घटक एकीकृत समाजवादीको पोलिटब्युरो बैठक चलिरहेकाले बैठक आज बिहानका लागि सारिएको थियो।

बैठकमा सदनको गतिरोध, सातै प्रदेशमा मोर्चाले गर्ने भनिएको कार्यक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ। मोर्चाको गत असार ३० गते बसेको बैठकले ४–४ महिनामा नेतृत्व फेरिने, मोर्चाको सदस्य सचिव एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल रहने निर्णय गरेको थियो। अहिले मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com