Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

विश्वकपमा मेसीले तोडे रोनाल्डोको कीर्तिमान

विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्।

यस्तै मेसीले करिअरको १००० औं खेल खेले। मेसीले १ हजार खेलको कोशेढुंगा पार गरेको यो खेलमा अर्जेन्टिनाका लागि कप्तानी गरेको १०० औं खेलमा पनि हो।

देशका लागि १६९ खेल खेलिसकेका मेसीले अन्तर्राष्ट्रिय गोल संख्या ९४ पुर्‍याएका छन्।
गएराति अस्ट्रेलियाविरूद्ध एक गोल गरेसँगै विश्वकपमा मेसीको गोल संख्या ९ पुगेको छ। यसअघि उनी र रोनाल्डोको गोल संख्या समान ८-८ थियो।

मेस्सीले २३ खेलमा ९ गोल गरेका हुन् भने २० खेल खेलेका रोनाल्डोले ८ गोल गरेका छन्।
विश्वकपमा सर्वाधिक गोल भने जर्मनीका पूर्वखेलाडी मिरोस्लाभ क्लोजले गरेका छन्। उनले २४ खेलमा सर्वाधिक १६ गोल गरेका छन्।

यस्तै ब्राजिलका पूर्व खेलाडी रोनाल्डोले १९ खेलबाट १५ गोल गरेका छन्। फ्रान्सका केलियन एम्बाप्पेले १० खेलबाट ७ गोल गरिसकेका छन्।

अर्जेन्टिना कतारमा जारी २२ औं संस्करण फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले क्वाटरफाइनलमामा नेदरल्याण्डसँगको भेट पक्का गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक-एक गोल गरे। अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पायो।
खेलको ३५ औं मिनेटमा कप्तान मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरूआती अग्रता दिलाए। विश्वकपको नकआउट चरणमा उनको पहिलो गोल हो।

खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई दोब्बर अग्रता दिलाए । अस्ट्रेलियाका रायनले गल्ती गरेको बलमा अल्भारेजले गोल गर्न सफल भएका थिए।

खेलको ७७ मिनेटमा अस्ट्रेलियाले गोल फर्कायो। गुडविनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार इन्जो फर्नान्डेजको शरिरमा लागेर गोल पोस्टमा छिरेको थियो।

त्यसपछि खेलमा कुनै गोल भएन र अर्जेन्टिनाले खेल २–१ जित्यो।

दुई पटकको विजेता अर्जेन्टिना विश्वकपमा आठौं पटक अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड्सले यसअघि अमेरिकालाई ३-१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।
अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल आगामी शुक्रबार राति हुनेछ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com