Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

सेन्ट लरेन्स कलेजका विद्यार्थीले गरे आज पनि प्रदर्शन

जेठ, ११ काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका दुई शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरुद्ध विद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन् ।
बिहान ७ बजे कलेजबाट निस्किएको विद्यार्थीको जुलुस प्रहरी वृत्त, गौशालामा आएर धर्नामा परिणत भएको थियो । उनीहरुले दुई शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुका अनुसार दुई शिक्षकविरुद्ध कारबाहीको प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहन्छ । यसैबीच, विद्यालयका प्राचार्य पुरुषोत्तम महर्जनले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी हुनेबित्तिकै शिक्षकलाई बर्खास्त गरिएको बताएका छन् ।

मंगलबार तीन जना विद्यार्थीले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलले दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएका छन् । जाहेरीका आधारमा उनीहरुलाई अनुसन्धानका लागि अदालतले पाँच दिन उनीहरुलाई हिरासतमा राख्न अनुमति दिएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com