Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

गोठाटार घटनामा घाइतेको पहिचान खुल्यो, चार राउण्ड गोली हानेर अपराधी फरार

काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।

सर्लाहीको हरिवन घर भएका उनी कोगेश्वरी बस्दै आएको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।

घाइतेलाई टिचिङ अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको छ । ५८ वर्षीय उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजी कार्य तीव्र बनाएको छ । रातोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com