Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एमाले प्रवेश गर्न लागेको भन्दै सुदूरपश्चिमका मुख्यमन्त्रीले राज्यमन्त्रीलाई हटाए

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना एक जना राज्यमन्त्रीलाई पदबाट हटाएका छन्।
भट्टले भौतिक पुर्वाधार विकास राज्यमन्त्री रहेका कुलवीर चौधरीलाई मन्त्री पदबाट हटाएका हुन्।
चौधरीले पदको दुरूपयोग गरेको र गैरजिम्मेवार आचारण देखाएको भन्दै बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो।

प्रदेश कमिटि सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए।
उनी बुधबार एकीकृत समाजवादी पार्टी त्याग गरी पुनः एमालेमा फर्कन लागेका छन्।

बुधबार प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द, नेता वीरबहादुर बुढाथोकी लगायतका नेता एकीकृत समाजवादी त्यगेर पुनः एमालेमा फर्कदैछन्।
उनीहरूलाई पार्टी प्रवेश गराउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर पुगेका छन्।
यस्तै माओवादी केन्द्रबाट पनि नेता शङ्कर दत्त जोशी, मोहन गिरि लगायतका नेताहरू एमाले प्रवेश गर्दैछन्। सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com