Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

टरिगाउँ एयरपोर्टमा घटाइयो फ्लाइट

दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाइएको छ। अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ।
नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुने गरेको छ।

यसअघि दैनिक हवाई सेवा थियो।

‘जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौँ। पहिले शुक्रबार र शनिबारबाहेक अन्य दिन सेवा दिने गरेका थियौँ, त्यसपछि प्रत्येक दिन पनि भएको थियो, तर, अहिले घटाउनु पर्ने अवस्था आएको छ,’ उनले भने।

असारको दोस्रो सातादेखि नियमित हप्तामा तीन मात्रै सेवा दिन थालिएको भन्दै अब साउन अन्तिमतिर दैनिक फ्लाइट भर्ने तयारी रहेको उनले बताए।

अहिले हप्तामा तीन दिन फ्लाइट भए पनि यात्रुको त्यति चाप नभएको उनले बताए। सरदर १०/१२ यात्रु आवतजावत गर्ने गरेका छन्
दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम भाडा रु आठ हजार आठ सय १० छन्, भने अधिकतम रु १२ हजार छ सय ६५ रहेको छ।
काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको रु दुई सय बढी हुन्छ। काठमाडौँमा यात्रु सेवाबापत रु पाँच सय रहेको, दाङमा रु तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा रु दुई सय बढी लाग्ने गर्छ।

अहिले एयरपोर्टमा निगमको १९ सिटे टुइनेटर आउने गर्छ। ठूला जहाज आउनका लागि धावनमार्ग विस्तार गर्नुपर्छ। त्यसका लागि यस क्षेत्रमा पटक–पटक माग हुने गरेको छ।

अहिले सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावन मार्ग छ। त्यसलाई बढाउन सकिएमा ठूला जहाज बस्ने र हवाई भाडा सहज हुने अपेक्षा गरिएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com