Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

ताँजाकोट गाउँपालिकामा अब २४ सै घण्टा झिलिमिली बत्ति बल्ने

कर्णली प्रदेशको एक दुर्गम जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिकामा अब २४ सै घण्टा झिलिमीली बत्ति बल्ने भएको छ । युगौँ देखी अन्धकारमा रहेको जिल्लामा अब भने बिस्तारै विकास निमार्णका कामहरु हुन थालेका छन । भर्खर मात्र बाटो पुगेको पालिकामा बत्ति बल्दा स्थानिए भने निकै हर्सित भएका छन । कर्पुखोला लघुजलविद्युत आयोजनाबाट १०० किलोवाट बिजुली उत्पादन गरेपछि ताँजाकोट गाउँपालिको वडा नम्वर ३, ४ र ५ का करिब ९०० भन्दा बढी घरधुरि प्रत्यक्ष लाभान्वित हुदै बत्ति बाल्न पाएका हुन ।

बेलायती सेनाको सहयोगार्थ संचालित कादुरी एग्रीकल्चरल एशोसियसन ब्रीटिस गोर्खाजको सहयोग रहेको यस आयोजना २०७८ कात्तीक २५ गते निमार्ण थालनि गरिएको थियो । उक्त आयोजनाको कुल लागत ८ करोड ३४ लाख रुपैँया रहेको थियो । त्यसमा थप स्थानिय उपभोक्ताहरुले २ करोड १० लाख बराबरको श्रमदान गरेर यो आयोजनालाई सहयोग गरेको उपभोक्ता समितीका अध्यक्ष मोहन नेपालीले यतीखवर लाई जानकारी दीए । आयोजना तोकीउकै समयमा सम्पन्न भएको उहाँको दावी छ।

स्थानीएको घरघरमा बत्ति बले सँगै यसअघिको झरो,दियालो,सोलार, टुकि आदिबाट स्थानियहरुले मुक्ती पाएका छन् । आयोजना सम्पन्न गर्नका लागि उपभोक्ता समिति सँगै खटिएका कादुरी सँस्थाका ईन्चार्ज राई लगायत १८ जनाको टोली सफलता पूर्वक काम सम्पन्न गरि उपभोक्ता समितिको जिम्मा लगाएर राई नेतृत्वको टोलीलाई साउन ८ गते बिदाई गरेका छन। अबको ३ बर्ष २ जना कर्मचारी रहेको सोही उपभोक्ता समितिले संचालन गर्ने नेपालीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com