Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

चार दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल सुरू

फागुन,१२ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलका शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत छलफलमा जुटेका छन् ।

छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूलाई पनि बोलाइएको छ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि बालुवाटारको छलफलमा सहभागी रहेको एक नेताले बताए ।

राष्ट्रपति निर्वाचन र यी दलबाट सहमतिमै उम्मेदवार तय गर्नेलगायत विषयमा छलफल केन्द्रित रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।
संसदमा सबैभन्दा ठूलो दल आफूहरू भएकोले राष्ट्रपति पाउनुपर्ने अडान नेपाली कांग्रेसका नेताहरूको छ। अरू दलले भने राष्ट्रिय सहमति खोज्नुपर्नेमा धारणा राखिरहेका छन्।

शनिबार राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका छ। चुनावका बेलाको पाँचदलीय गठबन्धन ब्युँताउने कोसिस पनि कांग्रेसलगायत दलहरूले गरिरहेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com