Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि गयो भूकम्प

sharethis sharing button

सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो।

मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि आजसम्म दर्जनौं पराकम्प महशुस भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

यस्तै ४:२८ बजे तालकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युड, ४:३१ बजे सुवेडा केन्द्रविन्दू भएर ४.३ म्याग्निच्युड, ५:१९ बजे सेली केन्द्रविन्दु भएर ५ म्याग्निच्युड र ५:३८ बजे दामेना केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो।

सोहीराति १२:१६ बजे दामेना केन्द्रविन्दू भएर ४.१ म्याग्निच्युड, १२:५० बजे तालकोट केन्द्रविन्दु भएर ४.३ र आज बिहान ५:४३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको गएको थियो।

केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारीले नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुन पनि बेला भूकम्प जानसक्ने बताए।

विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,’ उनले भने।

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो। उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com