ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

असार, १७ काठमाडौं । बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सुर्मा गाउँपालिका–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति घट्टेखोलामा दुर्घटना भएको थियो।
सो दुर्घटनामा ट्याक्टरमा सवार २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो।
यस्तै दुर्घटनामा चालक विमल बोहरासहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।