Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १२ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार मङ्गलबार साँझ ७ बजेसम्ममा ७५३ मध्ये ७४१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मत गणना कार्य सम्पन्न भएपनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा बाग्मती प्रदेशको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गण्डकी प्रदेशको पोखरा महानगरपालिका, प्रदेश नं १ को उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, मधेस प्रदेशको रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, लुम्बिनी प्रदेशको दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेको छ ।

सुदूरपश्चिममा बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी छ । आयोगको निर्णयपछि उदयपुरको त्रियुगामा आजदेखि मत गणना सुरु भएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com