Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

एकीकृत समाजवादीका धनराजको जित सुनिश्चित

जेठ, १० काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको जित सुनिश्चित भएको छ।
उनी सत्ता गठबन्धनका साझा उम्मेदवार थिए।

महानगरमा अब पाँच हजार १५ मत गणना गर्न बाँकी छ। यहाँ एक लाख ४३ हजार दुई सय २६ मत खसेको थियो।
अहिलेसम्म १ लाख ३८ हजार दुई सय ११ मत गणना गरिएको छ।

यहाँ आचार्यले अहिलेसम्म ५६ हजार चार सय ७१ मत पाएका छन्। यहाँ एमालेबाट मेयर उम्मेदवार कृष्ण थापाले अहिलेसम्म ५१ हजार एक सय ८५ मत पाएका छन्।

उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ अगाडि छिन्। उनले हालसम्म ५८ हजार ५८२ मत पाएकी छिन्।
यहाँ सत्ता गठबन्धननबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५४ हजार पाँच सय ४७ मत ल्याएकी छन्।
राप्रपाबाट मेयर उम्मेदवार शंकर खरालले ५ हजार ५७९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ९८६ मत पाएका छन्।

यस्तै उपमेयरका राप्रपा उम्मेदवार रञ्जना सेन पौडेलले ५ हजार ५८१ मत पाएकी छिन्।
पोखरा महानगरका ३३ वटा वडामध्ये हालसम्म ३० वटा वडाको नतिजा आइसकेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com