Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

प्रियंका चोपडाले अनुहारमा चोट लागेको फोटो सेयर गरिन् :प्रशंसकले सोधे, ‘तपाईंलाई ठिक त छ ?

बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा अनुहारमा चोट लागेको फोटो सेयर गरेकी छिन् । उनको तस्बिर हेरेर धेरैजना सुरुमा झस्किए र उनलाई खासमा के भएको हो भनेर सोध्न थाले । कतिले भने उनले उक्त तस्बिर आफ्नो आउँदो हलिउड वेब सिरिज चिटाडेलको सेटबाट सेयर गरेको पनि अनुमान गरे ।

उक्त तस्बिर सेयर गर्दै उनले फलोअर्सलाई सोधिन्, ‘के तपाईंको पनि काममा कठिन दिन थियो ? यसका साथै उनले स्माइली पनि पोस्ट गरेकी छिन् ।
उनको यो तस्बिरमा धेरैले ‘ओएमजी’ कमेन्ट गरेका छन् । यसका साथै एकजना प्रशंसकले ‘के भयो र? तपाईंलाई ठिक छ र?’ यस्तै अर्काले सोधे, ‘यो के भयो ?’ यस्तै अर्काले कमेन्टमा लेखेका छन्, ‘आफ्नो ख्याल राख्नु।।। प्रत्येक दिन नयाँ अनुभव हो ।’

यस्तै, अर्का एकजनाले भने, ‘ओएमजी, एकछिनको लागि त तपाईंलाई चोट लाग्यो कि भन्ने सोचेँ ।’
प्रियंका आफ्नी छोरी मालती म्यारी चोपडा जोनसलाई घर ल्याएपछि शोको सुटिङमा फर्किएकी थिइन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com