Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मतदातालाई पैसा बाँड्न गएका माओवादी नेता पक्राउ

काठमाडौं २८ वैशाख । निर्वाचनको मौन अवधिमा मतदातालाई पैसा बाँडिरहेको अवस्थामा सिरहाबाट माओवादीका एक जना स्थानीय नेता पक्राउ परेका छन्।
आज दिउँसो गोलबजार नगरपालिका–२ स्थित गुरुधाममा मतदाताको घरमा पुगेर पैसा बाँडेको आरोपमा माओवादीका नेता प्रेमकुमार लामालाई नेकपा एमालेका कार्यकर्ताले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।

प्रहरीका अनुसार लामा स्थानीय भुला महतोको घरमा पैसा दिन पुगेका थिए।
लामाले पैसा बाँड्न गएको एमाले कार्यकर्ताले थाहा पाएपछि उनलाई घेरेका थिए। एमाले कार्यकर्ताले नै इलाका प्रहरी कार्यालय गोलबजारलाई बोलाएर प्रहरीको जिम्मा लगाएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com