Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

श्रीमान्–श्रीमती झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं १८ वैशाख । कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका श्रीमान्–श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह मृतावस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन भएका थिए ।
आज बिहान गोठालाहरूले शव देखेपछि प्रहरीकहाँ खबर पुगेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com