Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

टिकट नपाएपछि राजीनामा दिन सुरू

काठमाडौं १२ वैशाख । आफूले टिकट नपाएको झोकमा भक्तपुरमा पनि राजीनामा दिन सुरू भएको छ। आफूले टिकट नपाएपछि भक्तपुरका एक काँग्रेसी नेताले पार्टीबाट राजीनामा दिएका छन्।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले आज राजीनामा दिएका हुन्। उनले पार्टी अध्यक्षलाई सम्बोधन गरी राजीनामा दिएका हुन्। उनी पार्टीबाट जिल्लाको सूर्यविनायक नगरपालिकाकाको मेयरमा आकांक्षी थिए।

सूर्यविनायक नगरपालिकाको मेयरका आकांक्षी खायमलीले आफू पार्टीको सबै तह र साधारण सदस्यको जिम्मेवारीबाट समेत अलग रहने बताउँदै पार्टी भक्तपुर जिल्ला समितिसमक्ष राजीनामा दिएका हुन्। उनले पत्रमा मेयरको टिकट नदिएको विषयलाई घुमाउरो पाराले लेखेका छन्।

उनले पार्टीमा बसेर योगदान गरेका व्यक्तिहरुलाई माथि उकास्नुको सट्टा उल्टो अपमान गरेकोसमेत भाव राजीनामामा उल्लेख गरेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com