Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

पीएसभीसँग आर्सनल स्तब्ध

कात्तिक, ११ काठमाडौँ । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल युरोपा लिगमा पीएसभी एन्टहोभनसँग स्तब्ध बनेको छ । बिहीबार राति भएको खेलमा आर्सनल ०–२ गोलले पराजित भएको हो । अन्तिम १६ मा प्रवेश गर्नका लागि आर्सनललाई मात्र १ अंक आवश्यक रहेको थियो ।

तर, खेलको ५५ औँ मिनेटमा जोई भिरमनले गोलमा आर्सनल पछि पर्‍यो । ६३ औँ मिनेटमा गोलकिपर एरन राम्सडेलको गल्तीको फाइदा उठाउँदै लुक डी योङले पीएसभीको अग्रता दोब्बर बनाए । युरोपियन प्रतियोगितामा आर्सनलले यो सिजन हार बेहोरेको यो पहिलो अवसर हो ।

हारका बाबजुद आर्सनल १२ अङ्कसहित समूह ए को शीर्ष स्थानमा छ । १० अङ्कसहित पीएसभी दोस्रो स्थानमा रहेको छ । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com