Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

पाँच दलीय सत्ता गठबन्धनबीच लामो समयपछि बिहीबार छलफल

काठमाडौं १७ चैत । स्थानीय तह निर्वाचनमा तालमेल र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलबीच तीन घण्टा छलफल भएको हो । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मुख्यत पाँच विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमत भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी तालमेल गरेर जाने निष्कर्ष निकालेको हो ।
यसका लागि प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com