Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

जेएनयूका विद्यार्थीबीच फेरि झडप, कारण मांसहारी खाना

भारतको राजधानी नयाँदिल्लीमा रहेको जवाहरलाल नेहरू विश्वविद्यालय जेएनयू मा आइतबार राति विद्यार्थीहरूबीच झडप हुँदा केही घाइते भएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार आइतबारको झडपको कारण मांसहारी खाना थियो। आइतबार रामनवमी थियो।

भारतीय हिन्दुहरूले नवरात्रका रूपमा मनाइने यस पर्वमा मांसहारी भोजन गर्दैनन्।
आइतबार जेएनयू होस्टेलको मेसमा मासु पकाउने राष्ट्रिय स्वंयसेवक संघसँग आवद्ध अखिल भारतीय विद्यार्थी परिषद् र वामपन्थी विद्यार्थी संगठनबीच विवाद भएको थियो। दुबै पक्षले एक अर्काले आफ्ना साथीहरूलाई आक्रमण गरेको आरोप लगाएका छन्।

वामपन्थी विद्यार्थीहरूले परिषद्का कार्यकर्ताले मेसमा मासु पकाउन रोकेको र मारपिट गरेको आरोप लगाएका छन् भने परिषद्का विद्यार्थीले रामनवमीको पूजा चलिरहँदा आक्रमण भएको बताएका छन्।

सामाजिक सञ्जालमा पोष्ट भएका तस्बिर र भिडिओमा केही विद्यार्थीको शरिरमा चोट लागेर रगत बगेको देखिन्छ। नवरात्रको उपलक्ष्यमा नयाँदिल्लीका केही स्थानमा ९ दिनसम्म मासु बेच्न प्रतिबन्ध लगाइएको थियो।

दिल्ली उच्च अदालतले के खाने र नखाने भन्ने निर्णय सरकारी अधिकारीले गर्न नपाउने भने पनि ती स्थानका मासु पसल ९ दिनसम्म बन्द भएका थिए। नवरात्रमा मांसहारको त्यही विषय जेएनयूभित्र पनि पसेको थियो।
भारतको प्रतिष्ठित जेएनयूमा वामपन्थी र दक्षिण पन्थी विद्यार्थीहरूबीच बेला बेलामा तनावमा घटना भइरहन्छन्।(एजेन्सी)

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com