Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु

घोराही उपमहानगरपालिका–२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको हो । बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । प्रहरी कार्यालय दाङबाट गएको टोलीले खोजी गर्दा शुक्रबार बिहान तलाउको किनारमा चौधरीको शव फेला परेको प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले बताए ।

त्यस्तै राप्ती गाउँपालिका–१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका(८ लापे बस्ने ३० वर्षीय शुक्रराज घर्तीमगर रहेका छन् । नदीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com