Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सुदूरपश्चिमको धनगढीमा गठबन्धनको चुनावी सभा

काठमाडौं २६ वैशाख । सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्। यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो नै धनगढी पुगिसकेका छन् ।

देउवा हिजो साँझ धनगढीस्थित आफ्नै निवासमा बसेका थिए भने प्रचण्डको बास धनगढीको रुबस होटेलमा भएको थियो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सभालाई सम्बोधन गर्ने छन् ।

धनगढीमा गठबन्धनबाट काँग्रेस नेता नृपबहादुर वड मेयरमा र माओवादी नेतृ शान्ति अधिकारी उपमेयरको उम्मेदवार छिन् । उनीहरुलाई मत माग्न शीर्ष नेता धनगढीको संयुक्त सभालाई सम्बोधन गर्न लागेका हुन् । धनगढीको चुनावी सभापछि प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा जाने कार्यक्रम रहेकोछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com