कल बाइपासमा संलग्न भएको आरोपमा बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/02/Arrested1609746580-1024x596.jpg)
सोमवार राति नयाँ बानेश्वरबाट प्रहरीले चिनियाँ नागरिक पक्राउ गरेको हो।केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उक्त गिरोह लाई पक्राउ गरेको हो ।
कल बाइपासमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो, यसबारे अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकाहरूबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने उपकरणहरू बरामद गरेको छ।
पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।