Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

नयाँ दर्ता भएका अनलाइन लाई आचारसंहिता र सञ्चारसम्बन्धी विभिन्न निर्देशिकाबारे विज्ञद्वारा अभिमुखीकरण अनिवार्य

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार र मर्यादित बनाउनका लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम को शुभारम्भ गरेको छ । उक्त कार्यक्रम अन्तर्गत नयाँ दर्ता भएका अनलाइनका प्रकाशक, सम्पादक, प्रतिनिधिलाई आचारसंहिता र सञ्चारसम्बन्धी विभिन्न निर्देशिकाबारे विज्ञद्वारा अभिमुखीकरण गराइएको हो ।

अब अनलाइन सूचीकरणको प्रमाणपत्र लिनुअघि अभिमुखिकरणलाई काउन्सिलले अनिवार्य गरेको छ । काउन्सिलमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले ब्यानर पढेर औपचारिक शुभारम्भ गरे ।

सो अवसरमा विषय विज्ञ एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा।महेन्द्र विष्टले अनलाइन पत्रकारितालाई भरपर्दो र थप विश्वसनीय बनाउन अभिमुखीकरण आवश्यक भएको भन्दै निरन्तरता दिनुपर्ने बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com