Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

काठमाडौँबाट शासन गर्नेहरु आफूलाई ठूलो राष्ट्रवादी ठान्छन् राजेन्द्र महतो

काठमाडौं २ चैत लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले शासन सत्तामा मधेसीको सहभागिता नभएसम्म मधेशको विकास हुन नसक्ने बताएका हुन । मंगलबार जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले मधेशले देशमा जति योगदान गरेपनि शासन व्यवस्थामा खसहरुकै नेतृत्व रहेकाले मधेसको विकास हुन नसकेको बताएका छन् ।

मधेशलाई काठमाडौंबाट शासन गर्ने शासकहरुले अझै पनि स्वीकार गर्न सकेका छैनन्। नेता महतोले भने, ‘काठमाडौँबाट शासन गर्नेहरु आफूलाई ठूलो राष्ट्रवादी ठान्छन् र मधेशवादीलाई राष्ट्रवादी नै देख्दैनन् ।
खसवादी शासकले ढाका टोपीमा मात्र राष्ट्रवाद देख्ने गरेको भन्दै धोती कुर्तामा राष्ट्रवादी नदेख्ने गरेको उनको भनाइ रहेको छ । । महतोले भने, ‘यो नक्कली राष्ट्रवादको परिभाषा परिवर्तित हुनैपर्छ, मधेसीभन्दा यो देशमा कोही ठूलो राष्ट्रवादी छैनन् ।’

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com