Yeti Khabar

२०८० जेष्ठ २०, शनिबार - Sat Jun, 2023 -

संघीय राजधानी काठमाडौं बाहिर सार्नुपर्छ : जनमुक्ति

२३ कात्तिक, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले संघीय राजधानी काठमाडौं बाहिर बनाउनुपर्ने धारणा अघि सारेको छ ।
काठमाडौंको ऐतिहासिकतालाई जोगाउन उपत्यका बाहिर वैकल्पिक राजधानी बनाउनुपर्ने सो पार्टीको तर्क छ । पार्टीले देवदहमा गरेको पत्रकार भेटघाट तथा अन्तरक्रियामा पार्टीका केन्द्रीय अनुगमन विभाग संयोजक दलबहादुर बिरकट्टाले काठमाडौंमा संघीय राजधानी अनुपयुक्त भइसकेकाले काठमाडौं बाहिर उपयुक्त स्थानमा राजधानी बनाउनुपर्ने पार्टीको चुनावी एजेण्डा रहेको बताए ।

महँगो निर्वाचन प्रणालीका कारण भ्रष्टाचार बढेको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा पार्टीले जोड दिएको पनि उनले बताए ।

मिश्रित निर्वाचन प्रणालीमा धनाढ्यहरू मात्रै चुनाव लड्न सक्ने र करोडौं रकम दिएर टिकट हात पार्ने परिपाटी रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उनको तर्क छ । भ्रष्टाचार देशको मुख्य समस्या भइसकेको र त्यसको प्रमुख कारण खर्चिलो निर्वाचन प्रणाली रहेको उनको दाबी छ ।

अहिलेको निर्वाचन प्रणालीले ५१ प्रतिशत जनसंख्या रहेको महिलाले १० प्रतिशत पनि स्थान नपाएको उनले बताए ।
भ्रष्टाचारलाई राजद्रोह सरको अपराध मानेर भ्रष्टाचारमा संलग्नलाई आजीवन कारावास,समपत्ति जफत गरेर राष्ट्रियकरण गर्ने कानुन बनाउन आवश्यक रहेको जनमुक्तिको धारणा रहेको बिरकट्टाले बताए ।

सबै तहको शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने जनमुक्तिको प्रतिवद्धता छ । जनप्रतिनिधिहरूले तलब सुविधा नलिने व्यवस्था गरिनुपर्ने धारणा समेत उक्त पार्टीले अघि सारेको छ ।

निर्वाचन जित्न दल र उम्मेदवारहरुले अनेक प्रतिबद्धता सार्वजनिक गर्ने तर जितेपछि कार्यान्वयन नगर्ने प्रवृत्ति रोक्न जनप्रतिनिधिलाई फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने उनले बताए ।अनलाइन खबर

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com