थप ८३ जनामा कोरोना पुष्टि मृत्युदर शुन्य
चैत, १काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना र ३ हजार १५० जनाको एन्टीजेन परीक्षण गर्दा २६ जना गरी ८३ जनामा संक्रमण पुष्टि भएकोछ ।
छिल्लो २४ घण्टामा १३० जना कोरोनाबाट निको भएका छन् जसमध्ये ४ हजार ६७१ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ३० जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।