Yeti Khabar

२०८० जेष्ठ २३, मंगलवार - Tue Jun, 2023 -

सरकारमा हुने क्रान्तिकारीहरुले बाटो भत्काए ओली

काठमाडौं फागुन ९ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

एमसीसी संसदमा पेश गर्न सहमति दिएर कार्यकर्तालाई सडकमा उतारेको भन्दै आलोचना गरेका हुन् ।सोमबार दहचोहस्थित कालु पाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने, आफू मूर्तिझैं बस्ने अर्को पाट्टिकालाई नारा लगाउ भन्ने, यताकालाई उठ उठ भन्ने उताकालाई बस बस भन्ने, एकथरीलाई सडकमा जाउ भन्ने एकथरीलाई सदनमा आऊ भन्ने ।’

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल हुँदा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले संसद भवन बाहिर प्रदर्शन गरेका थिए । संसदभित्र पनि यी दुई दलका कतिपय सांसदले विरोध प्रदर्शन गरेका थिए ।अध्यक्ष ओलीले आफैं सदनमा र आफैं सडकमा आएको भन्दै सत्तारुढ दलकै कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेको आरोप लगाए ।

 

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com