Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

सलमान खानलाई ज्यान मार्ने धम्की

बलिउड अभिनेता सलमान खान र उनका पिता सलिम खानलाई आइतबार ज्यान मार्ने धम्कीसहितको चिट्ठी प्राप्त भएको छ । मुम्बई प्रहरीले यो मामिलामा एफआइआर दर्ता गरेको छ ।

समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई उद्धृत गर्दै आइतबार बिहान एक अज्ञात व्यक्तिले सलिम खानलाई उक्त चिट्ठी दिएको जानकारी दिए ।
अधिकारीले दिएको जानकारी अनुसार मर्निङ वाकपछि सलिम खान बान्द्राको ब्यान्डस्ट्यान्डमा बेन्चमा बसिरहेका बेला एक व्यक्तिले उनलाई एउटा चिट्ठी दिए जसमा उनले सलमान खानलाई ज्यान मार्ने धम्की दिएका छन् ।

पछि सलिम खानले आफ्ना सुरक्षाकर्मीको मद्दतले प्रहरीलाई सम्पर्क गरे । यसबारे एफआईआर दर्ता गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले यो घटना आइतबार बिहान साढे सातदेखि ८ बजेको बीचको हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com