मत नदिएको भन्दै महिलामाथि निर्घात कुटपित
मत नदिएको भन्दै कपिलवस्तुको शिवराज नगरपालिका १ राप्रपाका तर्फबाट उम्मेदवार बनेका राहुल थारुको समुहले स्थानिय एक महिलामाथि निर्घात कुटपीट गरेका छन । निर्वाचनमा एमालेका उम्मेदवारसंग पराजित भएपछि राहुलको समुहले शनिवार राती नै बजे तिर सोनपुर बस्ने महाबिर थारुकी श्रीमती ३५ वर्षीय आशा थारुलाइ कपाल लुछि निर्घात कुटपिट गरेका छन ।
कुटपिट भएकी महिलाको टाउकोमा र मुखमा गम्भीर चेट लागेको छ ।घाइते महिलाको बुटवलको सीटी अस्पतालमा उपचार भइरहेको छ ।