Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस जारी

माघ, २ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा तेस्रो दिनको थुनछेक बहस आज सुरु हुँदै छ ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको बयानका लागि आइतबार बिहानै अदालत पुगेका लामिछानेको बयान सकिएपनि थुनछेक बहस सुरु भएको थिएन ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा  पूर्वन्यायाधिवक्ताद्वय सुशिल पन्त, रमन श्रेष्ठ तथा वरिष्ठ अधिवक्ता नारायण घिमिरे, अधिवक्ता डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाँई लगायतले बहस गर्ने छन् । 

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com