Yeti Khabar

२०८२ असार २०, शुक्रबार - Fri Jul, 2025 -

ललितपुर महानगरद्वारा एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

 

FacebookTwitterViberEmailPrintFriendlyShare

ललितपुर – ललितपुर महानगरपालिकाले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा गरेको छ ।

महानगरले हिजाे स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत एक करोड रुपैयाँ भुक्तानीसमेत गरेको जनाएको छ ।

समझदारीपत्रमा महानगरका मेयर चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी, गाडी चालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टीएचपी) को स्वास्थ्य बीमाबापतको शतप्रतिशत प्रिमियम महानगरले तिर्ने छ । महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्षअघि देखि शुरू गरेको थियो ।

महानगरका मेयर चिरीबाबु महर्जनले महानगरवासीको स्वास्थ्य उपचारका लागि हरसम्भव प्रयास गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य बीमाको उपचारका लागि स्वास्थ्य केन्द्रको व्यवस्थापन गरिएको र दुई सय १० जनाको क्षमता भएको ठाउँमा तीन सयभन्दा धेरैले दैनिक सेवा लिन आउने गरेका जानकारी दिनुभयाे ।

यस्तै बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले महानगरबाट राम्रो कामको थालनी भएको बताउनुभयो ।

पाटन अस्पतालका निर्देशक रवि शाक्यले ललितपुर महानगरको सहयोगमा देशकै आधुनिक शव व्यवस्थापन गृह व्यवस्थापन गरिएको र यसमा स्वास्थ्य बीमामा पनि महानगरले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गर्नुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com