Yeti Khabar

२०८२ असार १३, शुक्रबार - Fri Jun, 2025 -

इजरायलले हमासका प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जनाको ज्यान गयो

  

FacebookTwitterViberEmailPrintFriendlyShare

इजरायलले प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जना प्यालेस्टेनीको ज्यान गएको छ । इजरायली सेनाले गरेको पछिल्लो ड्रोन आक्रमणमा कम्तिमा १८ प्यालेस्टेनीको ज्यान गएको बीबीसीले जनाएको छ ।

गाजाको दीर अल बलाह क्षेत्रमा विद्रोही समूह हमासमा आवद्ध प्रहरीले बजार नियन्त्रणको प्रयास गरिरहेको बेला यो आक्रमण भएको हो । हमासको नियन्त्रणमा रहेको गृह मन्त्रालयले आक्रमणको निन्दा गर्दै इजरायलले सार्वजनिक व्यवस्था बनाईराख्ने प्रहरी माथिको आक्रमण अपराध भएको टिप्पणी गरेको छ ।

इजरायली सेनाले भने घटनाबारे कुनै पनि प्रतिक्रिया जनाएको छैन । सन २०२३ अक्टोबर ७ मा शुरू भएको इजरायल र हमासबीचको युद्ध अझै चलिरहेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६० हजारभन्दा धेरै प्यालेस्टिनीहरूको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका धेरै छन् । इजरायलमा भने एक हजार दुई सय जनाको ज्यान गएको छ । एजेन्सी

उज्यालोका खबर फेसबुकइन्स्टाग्रामएक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com