Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बेइजिङ र संघाईलाई पछि पार्दै भारतको मुम्बई एसियाकै धेरै अर्बपति भएको सहर बन्यो

भारतको मुम्बई एसियाकै सबैभन्दा धेरै अर्बपति भएको सहर भएको छ । चीनको बेइजिङ र संघाईलाई पछि पारेर मुम्बई सबैभन्दा धेरै अर्बपति भएको सहर बनेको हुरुन अध्ययन संस्थानको रिपोर्टलाई उल्लेख गर्दै सीएनबीसीले जनाएको छ ।

भारतको कुनै पनि सहर एसियाका सबैभन्दा धेरै अर्बपति भएको सहर बनेको यो पहिलो पटक हो । हुरुनका अनुसार मुम्बईमा ९२ जना अर्बपति रहेका छन् । बेईजिङमा ९१ जना र संघाईमा ८७ जना रहेका छन् । २०२४ को विश्वकै धनी सहरको सूचीमा अमेरिकाको न्यूयोर्क छ, जहाँ १ सय १९ जना अर्बपति बस्छन् ।

अहिले विश्वभर ३ हजार २ सय ७९ जना अर्बपति छन्, जुन सन् २०२३ को तुलनामा ५ प्रतिशतले धेरै छ । गएको वर्ष १ सय ५५ जना अर्बपतिले आफ्नो ठूलो सम्पत्ति गुमाए पनि चीन अझै पनि ८ सय १४ जना अर्बपतिहरूसहित सूचीको शीर्ष स्थानमै छ ।

अमेरिका ८ सय जना अर्बपतिसहित दोस्रो स्थानमा र भारत २ सय ७१ जना अर्बपतिसहित तेस्रो स्थानमा छ । अर्बपति भनेर १ अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब नेपाली रुपैयाँ हुने व्यक्तिलाई चिनिन्छ । भारतसहित विश्वका केही देशमा अर्बपतिको उदय र विस्तार तीव्र गतिमा बढिरहँदा गरिबी पनि उस्तै बढिरहेको छ । विश्वका १ प्रतिशत धनी मानिससँग विश्वभरको ४३ प्रतिशत सम्पत्ति रहेको अक्स्फामले जनाएको छ ।

धनी र गरिबबीचको यस्तै खाडल रहिरहेमा अर्को २ सय ५० वर्षसम्म पनि गरिबी उन्मूलन नहुने अक्स्फामको रिपोर्टमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com