Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

टाटा सुमोको ठक्करबाट एक जनाको मृत्यु दुई जना घाइते

असार, २१ काठमाडौं । सोमबार अबेर साँझ टाटा सुमोले ठक्कर दिँदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकामा टाटा सुमोले ठक्कर दिँदा तीन जना घाइते भएकामा एक जनाको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको हो।

दुर्गाभगवती गाउँपालिका २ भलोहियामा घर अगाडि बसेर छलफल गरिरहेको अवस्थामाना ४ च १०३१ नम्बरको टाटा सुमोले तीन जनालाई ठक्कर दिएर घाइते बनाएको थियो। घाइते हुनेमा स्थानीय ६० वर्षीया भरोसी महतो, ४० वर्षीया संगीता पाण्डे र ६० वर्षीय रामजी दास रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये भरोसी महतोको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। अन्य दुई घाइते मध्ये दासको सुकदेव चोकमा रहेको शिव दर्शन अस्पतालमा र पाण्डेको वीरगंजमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि सुनील मल्लले जानकारी गराएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com