Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन्।
कन्जर्भेटिभ पार्टीका १५ प्रतिशत बढी हाउस अफ कमन्सका सदस्यहरूले जोनसनप्रति आफूहरूको विश्वास नभएको सूचना दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान भएको हो।

उक्त मतदानमा उनले बहुमत सदस्यको विश्वास पाएका हुन्।
उनको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए। विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ। उनलाई विश्वासको मत पाउन १ सय ८० मत ल्याए पुग्थ्यो।

आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका हुन्। जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई हिजो बुझाएका थिए।

विश्वासको मतका लागि बेलायती समय अनुसार हिजो बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान भएको थियो।
कोरोनाभाइरस रोक्न देशभरि लकडाउन भएका बेला जोनसनको निवास र कार्यालय रहेको ठाउँमा लगातार पार्टीहरू भएको तथ्य बाहिरिएपछि उनी विवादमा परेका थिए। सोही ‘पार्टीगेट’ काण्डका कारण जोनसन बेलायतको प्रधानमन्त्री रहिरहन योग्य नरहेको भन्दै उनको पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

विश्वासको मत पाएसँग प्रधानमन्त्री जोनसन पदमै रहने भएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com