Yeti Khabar

२०८२ असार १२, बिहीबार - Thu Jun, 2025 -

इजरायली आक्रमणमा १४ जना इरानी वैज्ञानिक मारिए

इजरायलले गरेको आक्रमणमा इरानका १४ जना परमाणु वैज्ञानिकको ज्यान गएको छ । १२ दिन लामो युद्धका क्रममा इजरायलले गरेको आक्रमणमा १४ जना इरानी वैज्ञानिकको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।

इजरायलले वैज्ञानिकमाथि लक्षित गरेरै आक्रमण गरेकाले उनीहरूको हत्या भएको इरानको दाबी छ । ज्यान गुमाउने वैज्ञानिकमा रसायनशास्त्री, भौतिकशास्त्री र इन्जिनियर रहेका फ्रान्समा रहेका इजरायली राजदूत जोशुआ जार्काले बताउनुभएको छ ।

उहाँका अनुसार अब इरानको बाँकी रहेको आणविक पूर्वाधार तथा सामग्री प्रयोग गरेर हतियार निर्माण गर्न लगभग असम्भव भएको छ ।

एउटा आणविक कार्यक्रमको पूरै समूह आक्रमणमा परेपछि यो कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलिएको जार्काको भनाइ छ । यद्यपि विश्लेषकहरूले आणविक कार्यक्रमका लागि इरानसँग अझै अन्य वैज्ञानिक रहेका बताइरहेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com