Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

काठमाण्डौ महानगरपालिका पूर्व मेयर सिंहको निधन

पुष, १ काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ। आज बिहान १ बजे चाक्सीबारीस्थित निजी निवासमा उनको निधन भएको हो।

८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। गतवर्ष मात्रै उनो पेटको शल्यक्रिया गरिएको थियो। उनी बहुदलपछि तत्कालीन काठमाडौं नगरपालिकाको पहिलो मेयर थिए।

उनको निधनमा काठमाडौं महानगरले आज सार्वजनिक विदा दिएको छ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेसम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com