घट्यो सुनको मूल्य

११ असार, काठमाडौं । आज सुनचाँदीको भाउमा गिरावट आएको छ । हिजो तोलाको १ हजार ७ सय रुपैयाँले घटेको सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
आज सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम छ । हिजो सुन तोलामा १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेको छ ।