Yeti Khabar

२०८२ असार १६, सोमबार - Mon Jun, 2025 -

शिक्षककाे आन्दोलन जारी, सर्वत्र सरकारकाे विरोध

वैशाख, १५ काठमाडौं । शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझै जारी रहेको छ। यद्यपि आइतबार भएको आन्दोलनमा झडप भएको थियो । 
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक तथा कर्मचारीमाथि  भएको धरपकडको विरोध गरेका छन् । 

उनले आन्दोलनमा घाइते भएका सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताए । 

महासंघले सबै आन्दोलनकारीलाई सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेको छ।

अझै काठमाडौं नआएका साथीहरूलाई महासंघले प्रश्न गर्दै भनेको छ, “आन्दोलनको मोर्चामा आफ्ना साथीहरूको रगत बग्दा पनि तपाईंहरू घरमै कसरी बस्न सक्नुहुन्छ? के आन्दोलनकारी साथीहरूको पीडाले तपाईंलाई घोच्दैन?” महासंघले आन्दोलनलाई थप बलियो बनाउन सबैलाई यथासिघ्र काठमाडौं आउन र सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ। विद्यालय शिक्षा ऐन माग गर्दै महासंघ आन्दोलित बनेको हो । 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com