Yeti Khabar

२०८१ पुष २९, सोमबार - Mon Jan, 2025 -

आज पानी पर्ने सम्भावना

पुष, २३ काठमाडौं । आज पूर्वदेखि पश्चिमसम्म हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । काठमाण्डौ उपत्यकामा पनि गएरातिदेखि बदली भएको र आज दिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको छ । आज पश्चिममाभन्दा पूर्वमा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधकारीले जानकारि दिनुभयो ।

आज कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिमका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तर कुनै बेला एउटा दिशामा हिँडिरहेको वायु अचानक अन्तै मोडिने तथा निष्क्रय हुने हुँदा पूर्वानुमानअनुसार वर्षा र हिमपात नहुने मौसमविद्ले बताउँदै आएका छन् ।वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । भोलिदेखि मौसममा सुधार आउने महाशाखाले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com