Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

न्युयोर्कको सबवे स्टेशनमा आक्रमण गरी भागेकाको खोजी तीव्र, ५० हजार डलर इनाम घोषणा

अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनको एक सबवे स्टेशनमा आक्रमण गरी भागेकाको खोजी तीव्र पारिएको छ।
द न्युयोर्क टाइम्सका अनुसार आक्रमणकारी स्थानीय समयअनुसार मंगलबार बिहान साढे बजेतिर सबवे स्टेशनमा मानिसहरूको भीडमा ग्रिनेड हानेका थिए भने अन्धाधुन्ध गोली चलाएका थिए।

आक्रमणमा कम्तीमा दुई दर्जन मानिस घाइते भएका छन् भने तीमध्ये पाँच जनाको अवस्था गम्भीर छ। आक्रमणको झन्डै १२ घन्टा बित्दा पनि प्रहरीले आक्रमणकारीलाई पत्ता लगाउन सकेको छैन।

घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले ६२ वर्षका फ्रान्क आर जेम्सको खोजी गरिरहेको छ।
६२ वर्षका जेम्सले केही समयअघि किनेको भ्यानको चाबी घटनास्थलमा फेला परेको हुनाले उनको आक्रमणसँग सम्बन्ध हुन सक्ने भन्दै प्रहरीले उनको तस्बिर सार्वजनिक गरेको छ।

यसैबीच न्युयोर्कका अधिकारीहरूले ब्रुकलिनको सबवे स्टेशनमा आक्रमण गर्ने आक्रमणकारी पक्राउ गर्न सकिने सूचना दिनेलाई ५० हजार डलर इनामको घोषणा गरेका छन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com